मकर जितुमायाको सेयर आइतबारदेखि दोस्रो बजारमा खरिद बिक्री खुल्ने

0
Shares

मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर बैशाख २१ ग्ते बिहीबार सूचीकृत भएको छ । हाइड्रोपावरको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका ७६ लाख कित्ता सेयर धितोपत्र विनिमय २०७५ अनुसार सूचीकृत भएको हो ।

बिहीबार सेयर सूचीकृत भएसँगै विद्यमान कानुनी व्यवस्था अनुसार धितोपत्र सूचीकरण सम्झौता भएको दोस्रो कारोबार दिन अर्थात आइतबारदेखि कम्पनीको सेयर धितोपत्रको दोस्रो बजारमा सुचारु हुनेछ ।

नेप्सेले कम्पनीलाई दोस्रो बजारमा कारोबारका लागि एमएकेएआर (MAKAR) कारोबार संकेत दिएको छ । नेप्सेले कम्पनीको परिष्कृत वित्तीय विवरणका आधारमा न्यूनतम ९२ रुपैयाँ ७१ पैसादेखि अधिकतम २७८ रुपैयाँ १३ पैसासम्मको कारोबार रेञ्ज निर्धारण गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ७१ पैसा रहेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिसेयर नेटवर्थलाई न्यूनतम रेञ्ज तोकेर त्यसको तीन गुणासम्म कारोबार रेञ्ज तोक्ने गरेको छ । सोही अनुसार कम्पनीको सेयर अधिकतम २७८ रुपैयाँ १३ पैसासम्म खुल्नेछ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र दोलखाको गौरिशैकरका स्थानीय बासिन्दालाई लागि ६ लाख ७८ हजार ६०० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ५२ हजार कित्ता, र सर्वसाधारण लगानीकर्ताहरुका लागि १४ लाख ४९ हजार ४०० कित्ता (सामुहिक लगानी कोषका लागि ८० हजार ७० कित्ता, कर्मचारीहरु लागि ३२ हजार २८ कित्ता र १३ लाख ३७ हजार ३०२ कित्ता) सेयर गरी कुल १५ लाख २० हजार कित्ता निष्काशन गरेको थियो । यस्तै कम्पनीमा ५३ लाख २० हजार कित्ता सेयरमा संस्थापकहरुले लगानी गरेका छन् ।

हाल मकर जितुमाया सुरी हाइड्रोपावरले प्रबद्र्धन गरेको सुरी खोला जलविद्युत आयोजनाको ६.४ मेगावाट क्षमताको विद्युत गत वैशाख १८ देखि व्यवसायीक उत्पादन गरि राष्ट्रिय प्रसारण लाईनमा जडान गरी बिक्री गरि रहेको र माथिल्लो सुरी खोला जलविद्युत आयोजनाको ७ मेगावाट क्षमताको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ ।

सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले मकर जितुमाया सुरी हाईड्रोपावरको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरुको अभिलेख राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।