साताको अन्तिम दिन दोहोरो अंकले बढेर बन्द भयो सेयर बजार

0
Shares

सेयर बजार छैटौं कारोबार दिनमा आएर दोहोरो अंकले बढेको छ । पाँच कारोबार दिन लगातार घटेको नेप्से छैटौं कारोबार दिनमा १२.७३ अंकले वृद्धि भएको हो । यसबीचको पाँच कारोबार दिनमा नेप्से ४८.६९ अंकले घटेको थियो । यसअघि बैशाख १२ गते मंगलबार नेप्से १७.३६ अंकले बढेको थियो ।

बिहीबार नेप्से परिसूचक ०.६९ प्रतिशत अर्थात १२.७३ अंक बढेर १८६९ दशमलव ७३ बिन्दुमा पुगेको छ । त्यसैगरी ठूला कम्पनीको कारोबार मापकसेन्सेटिभ इण्डेक्स पनि ०.५८ प्रतिशत अर्थात २.०७ अंकले बढेर ३५७.९१ बिन्दुमा अडिएको छ ।

यसदिन कारोबार रकम दश करोड रुपैयाँले वृद्धि भएको छ । आज ७३ करोड २६ लाख ८९ हजार ८१२ रुपैयाँ बराबरको २५ लाख ३३ हजार ७१४ कित्ता सेयर २० हजार ६५५ वटा संख्यामा खरिद बिक्री भएको छ । कारोबारमा आएका २७६ मध्ये १८६ स्क्रिप्टको मूल्य बढेको छ भने ७५ वटाको घटेको छ । यस्तै १४ स्क्रिप्टको मूल्य यथावत रह्यो ।

बिहीबार कारोबारमा आएका १३ वटै उपसमूहगत सूचक उकालो लागेको छ ।े निर्जीवन बीमा सर्वाधिक १.५५ प्रतिशत बढेको बजारमा वित्त १.३२ र जलविद्युत १.२५ प्रतिशतले बढेको छ ।बाँकी सूचक १ प्रतिशतभन्दा कम बढेका छन् ।

आजको बजारमा एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य सर्वाधिक ९.८६ प्रतिशत वृद्धि भएकोे छ । त्यसैगरी लक्ष्मी लघुवित्तको सेयरमूल्य ९.१६ प्रतिशत, सयपत्री हाइड्रोपावर ८.३७ प्रतिशत, आत्मनिर्भर लघुवित्त ८.२० प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ७.२० प्रतिशतले बढेको छ ।

यसदिन एनएमबि बैंकको ऋणपत्र (८.५० प्रतिशत) को मूल्य सर्वाधिक ५.८५ प्रतिशत घटेको छ । त्यस्तै नेपाल एसबिआई बैंकको ऋणपत्र २०८३ को मूल्य ५.३८ प्रतिशत, इष्टर्न हाइड्रोपावरको ४ प्रतिशत, बाराही हाइड्रोपावर ३.०८ र रुरु जलविद्युतको सेयरमूल्य २.७० प्रतिशतले घटेको छ ।

आज कारोबार रकमका आधारमा नबिल बैंकको संस्थापक सेयर शीर्ष स्थानमा छ । बैंकको ४ करोड ५० लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। त्यसैगरी, शिवम् सिमेन्ट्सको २ करोड २१ लाख ५५ हजार, नबिल बैंक १ करोड ९६ लाख १२ हजार, हिमाल दोलखा हाइड्रोपावर १ करोड ८४ लाख ४७ हजार र एभरेष्ट बैंकको १ करोड ६५ लाख ७० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बिहीबारको कारोबारसँगै सेयर बजारको कुल बजार पुँजीकरण २७ खर्ब २४ अर्ब ५९ करोड ३२ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।