राष्ट्र बैंक अन्तराष्ट्रिय मापदण्ड अनुसार चल्दा अर्थतन्त्र सकारात्मक : गभर्नर

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले अन्तराष्ट्रिय मापदण्ड र अभ्यास बमोजिम राष्ट्र बैंकले आफ्नो नीतिहरु परिमार्जन गर्ने गरेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २२औं स्थापना दिवश तथा अवार्ड वितरण कार्यक्रममा बोल्दै गभर्नरले नेपालले वित्तीय क्षेत्र ’लोकलाइज’ नभइ ’ग्लोबलाइज’ हुने हुँदा अन्तराष्ट्रिय मापदण्ड अनुसार अघि बढ्नुपरेको प्रष्ट्र पारे।

नेपाल राष्ट्र बैंकले लामो अध्ययन र अनुसन्धान गरेर नीति ल्याउने हुँदा त्यसको सकारात्मक प्रभाव अर्थतन्त्रमा पर्ने बताउँदै उनले पछिल्लो तीन बर्षयता देशको अर्थतन्त्र आएको सुधार पनि त्यसैको परिणाम भएको दाबी गरे ।

अन्तराष्ट्रिय प्रचलन अनुसार नै बैंकका प्रमुख कार्यकारी र अध्यक्षको उमेर हद तोक्ने, नियुक्ती बारे जानकारी गराउने काम गरियो तर यहाँ विरोध भयो, गभर्नर नेपालले भने । गभर्नर नेपालले ब्याजदर सन्तुलनमा राख्न राष्ट्र बैंक क्रियाशिल रहेको बताए । हामीले निक्षेपकर्ताको अधिकारलाई पनि सम्मान गर्नुपर्छ । उद्योगीहरुले ऋणको ब्याज बढी भयो भनिरहँदा यसको उचित तवरले सम्बोधन गरिन्छ।, उनले भने ।

सो अवसरमा ‘सेजन अवार्ड’ बाट दुई जना आर्थिक पत्रकार (छापा र विद्युतीय माध्यम) पुरस्कृत गरिएको छ। छापाबाट कान्तिपुर दैनिकका मातृका दाहाल र विद्युतीयबाट काठमाण्डूएक्सप्रेस अनलाइनका केदार दाहाल जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत भएका छन्।

त्यस्तै पत्रकार राजु बास्कोटाले हाइड्रो फेलोसीप पाएका छन् । स्वर्गीय सञ्जय न्यौपाने पत्रकारिता फेलोसिप रमेश कुमार न्यौपानेले पाएका छन् । सेजनले लामो समयदेखि आर्थिक पत्रकारितामा कमल चलाइरहेका नितु पण्डित, जुनारवाबु बस्नेत, रामप्रसाद दाहाल शिव दुवाडी लाई सम्मान गरेको छ ।