मकर जितुमायाको अधिकतम रेञ्जमा खुल्यो पहिलो कारोबार

0
Shares

मकर जितुमाया सुरी हाइड्रोपावरको पहिलो कारोबार अधिकतम कारोबार रेञ्जमा खुला भएको छ । कम्पनीको बैशाख २४ गते आइतबार १० कित्ता सेयर प्रतिकित्ता २७८ रुपैयाँ १० पैसामा कारोबारमा आएको हो ।

बिहीबार सेयर सूचीकरण पश्चात कनेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि न्यूनतम ९२ रुपैयाँ ७१ पैसादेखि अधिकतम २७८ रुपैयाँ १३ पैसा ओपनिङ्ग रेन्ज दिएको थियो । सोही अनुसार कम्पनीको आइतबार दोस्रो बजारमा अधिकतम रेञ्जमा कारोबार खुला भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिसेयर नेटवर्थलाई न्यूनतम रेञ्ज तोकेर त्यसको तीन गुणासम्म कारोबार रेञ्ज तोक्ने गरेको छ । नेप्सेले कम्पनीलाई दोस्रो बजारमा कारोबारका लागि एमएकेएआर (MAKAR) कारोबार संकेत दिएको छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई निष्काशित, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी काष र कर्मचारीहरु सहित संस्थापकहरुको लगानी रहेको कुल ७६ लाख कित्ता सेयर बिहीबार नेप्सेमा सूचीकृत गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र दोलखाको गौरिशैकरका स्थानीय बासिन्दालाई लागि ६ लाख ७८ हजार ६०० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ५२ हजार कित्ता, र सर्वसाधारण लगानीकर्ताहरुका लागि १४ लाख ४९ हजार ४०० कित्ता (सामुहिक लगानी कोषका लागि ८० हजार ७० कित्ता, कर्मचारीहरु लागि ३२ हजार २८ कित्ता र १३ लाख ३७ हजार ३०२ कित्ता) सेयर गरी कुल १५ लाख २० हजार कित्ता निष्काशन गरेको थियो । यस्तै कम्पनीमा ५३ लाख २० हजार कित्ता सेयरमा संस्थापकहरुले लगानी गरेका छन् ।

मकर जितुमाया सुरी हाइड्रोपावरले प्रबद्र्धन गरेको सुरी खोला जलविद्युत आयोजनाको ६.४ मेगावाट क्षमताको विद्युत गत वैशाख १८ देखि व्यवसायीक उत्पादन गरि राष्ट्रिय प्रसारण लाईनमा जडान गरी बिक्री गरि रहेको र माथिल्लो सुरी खोला जलविद्युत आयोजनाको ७ मेगावाट क्षमताको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ ।

सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले मकर जितुमाया सुरी हाईड्रोपावरको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरुको अभिलेख राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।