आरएमडिसी लघुवित्तको नाफा बढेपनि घट्यो इपीएस

0
Shares

थोक लघुवित्त कर्जा प्रवाह गर्ने कम्पनी आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ३.२० प्रतिशतले बढेपनि कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ( इपीएस) भने ५ रुपैयाँ १७ पैसाले घटेको छ । पुँजी वृद्धिको अनुपातमा नाफा बढ्न नसकेपछि लघुवित्तको इपीएसमा संकुचन आएको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्ममा २७ करोड ४४ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २६ करोड ५९ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैतसम्म लघुवित्तको वितरणयोग्य नाफा ८१ करोड ४० लाख १४ हजार रुपैयाँ रहेको छ। 

यस अवधिमा लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी २८ रुपैयाँ ५७ पैसाबाट घटेर २३ रुपैयाँ ४० पैसामा झरेको हो । समीक्षा अवधिमा लघुवित्तको प्रति सेयर नेटवर्थ २२९ रुपैयाँ ४१ पैसा, कष्ट अफ फन्ड १२.३६ प्रतिशत र मूल्य आम्दानी अनुपात २९.६५ गुणा छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २२ करोड ९३ लाख ५७ हजार रुपैयाँ सापटीबाट ११ अर्ब २७ करोड २० लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । चैतसम्म लघुवित्त कम्पनीले ४६ करोड २९ लाख ३ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा ३९ करोड २० लाख ६९ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । यो अघिल्लो आवको चैतको तुलनामा क्रमशः ३.५४ प्रतिशत र ३.२४ प्रतिशतको वृद्धि हो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा सामान्य बढेसँगै खुद नाफा पनि सामान्य बढ्न पुगेको हो ।

लघुवित्तको निष्क्रिय कर्जा ०.०६ प्रतिशतबाट बढेर ०.७४ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ३३ लाख ६६ हजारबाट वृद्धि भई १ करोड ७१ लाख ४ हजार रुपैयाँ पुगेको छ ।

चुक्ता पूँजी १ अर्ब ५६ करोड ३७ लाख ४३ हजार रुपैयाँ रहेको यस लघुवित्तको जगेडा कोषमा २ अर्ब २ करोड ३६ लाख ६१ हजार रुपैयाँ सञ्चित छ । चुक्ता पुँजी २६ प्रतिशतले बढ्दा जगेडा तथा कोष ३.२४ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।