युनिक नेपाल लघुवित्तले पायो एफपीओ अनुमति, पौने ४ करोडको आउने

0
Shares

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको एफपीओ जारी गर्ने भएको छ ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले लघुवित्त कम्पनीलाई बैशाख २१ ग्ते बिहीबार अनुमति प्रदान गरेको हो । एफपीओ जारी गर्न युनिक नेपालले २०७८ चैत १७ गते बोर्डमा निवेदन दिएको थियो । निवेदन दिएको एक वर्षपछि कम्पनीले एफपीओ बिक्रीको अनुमति पाएको हो ।

संस्थाले १०० अंकित दरका कुल ३ लाख ७९ हजार ४२५ कित्ता सेयर निष्कासन गर्नेछ । साबिक घोडीघोडा लघुवित्तसँग मर्जर गरेको युनिक नेपालले सर्वसाधारणमा सेयर जारी गरेको थिएन । सोही अनुरुप चुक्ता पुँजीको ३० प्रतिशत हिस्सा सर्वसाधारणको कायम गर्न लघुवित्तले एफपीओ बिक्री गर्न लागेको हो ।

राष्ट्र बैंकको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरुले अनिवार्य रुपमा चुक्ता पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नूपर्ने व्यवस्था रहेको छ ।

युनिक नेपाल लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।