साउदीको अर्थतन्त्र ३.९ प्रतिशतले बढ्यो


साउदी अरबको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वर्षको पहिलो त्रैमासिकमा ३.९ प्रतिशतले वृद्धि भएको छ । सामान्य प्राधिकरणले जारी गरेको प्रतिवेदनले सो बारे उल्लेख गरेको छ ।

प्रतिवेदनले यस वर्षको जनवरी र मार्चको बीचमा गैर–तेल गतिविधिहरूमा ५.८ प्रतिशत र तेल क्षेत्रमा १.३ प्रतिशत वृद्धि भएको देखाएको छ ।

यता मौसमी समायोजन वास्तविक जीडीपीको तथ्याङ्क अनुसार अघिल्लो त्रैमासिकको तुलनामा पहिलो त्रैमासिकमा १.३ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ वैशाख २०८०, मंगलबार  ०८ : ४२ बजे