फरवार्ड कम्युनिटी लघुवित्तले बोनस बढाएर घोषणा गर्यो लाभांश

0
Shares

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंसिर १५ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३२.५० प्रतिशतले हुन आउने १२ करोड २७ लाख ४३ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर सहित १२.५० प्रतिशतले हुन आउने ४ करोड ७२ लाख ९ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र माइक्रोफाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।

हाल माइक्रोफाइनान्सको चुक्ता पूँजी ३७ करोड ७६ लाख ७२ हजार रुपैयाँ छ । प्रस्तावित बोनश वितरणपश्चात चुक्ता पूँजी ५० करोड ४ लाख रुपैयाँ पुग्नेछ।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ को मुनाफाबट माइक्रोफाइनानसले २० प्रतिशत नगद र २५ प्रतिशत बोनस गरि कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो ।