र्‍यान एअरले ४० अर्ब अमेरिकी डलर बराबरको बोइङ ७३७ म्याक्स विमान मगाउने

0
Shares

आयरल्याण्डको विमान कम्पनी र्‍यान एअरले ४० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका बोइङ ७३७ म्याक्स विमान मगाउने निर्णय गरेको छ ।

र्‍यान एअर विमान कम्पनीले मङ्गलबार जारी विज्ञप्तिमा भनेको छ, “कूल १५० आवेदन र नयाँ ईन्धन–कुशल विमानहरूको लागि १५० विकल्पहरू समावेश गरिएको यो घोषणाले ‘आयरिश कम्पनीले अमेरिका निर्मित सामानहरूको लागि राखेको अहिलेसम्मको सबैभन्दा ठूलो माग’ गरेको छ ।”

ती जेट विमानहरू सन् २०२७ देखि २०३३ को बीचमा उपलब्ध गराइनेछ । यद्यपि, डबलिनस्थित कम्पनीले सम्झौताको आकार र स्वरूपको कारण सेप्टेम्बरमा हुने वार्षिक साधारण सभामा शेयरधनीको अनुमोदनको अधीनमा रहने बताएको छ।

यो घोषणा बोइङका लागि पछिल्लो आर्थिक उन्नतिको अवसर हो । बोइङ् कोभिड–१९, विश्वव्यापी मन्दी र दुई घातक दुर्घटनापछि ७३७ म्याक्सको लामो समयसम्म उडान स्थगनका कारण ठूलो मन्दीबाट गुज्रिरहेको छ ।

एअरका प्रमुख कार्यकारी माइकल ओलेरीले बोइङको नयाँ ७३७ म्याक्स–१० विमानमा २२८ सिट क्षमता रहेको र यो हालको बोइङ विमानको तुलनामा २० प्रतिशत बढी भएको बताए ।

भर्जिनियाको मुख्यालयस्थित बोइङको आर्लिङ्गटनमा आयोजित हस्ताक्षर कार्यक्रममा ओलेरीले नयाँ विमानको लागत कम हुने, यसलाई कम हवाई भाडाका रुपमा प्रदान गरिने र यसले आफ्नो व्यवसाय वृद्धिलाई गति दिने बताए ।

र्‍यान एअरका अनुसार २२८ सिट क्षमताको नयाँ जेट विमानले ठूलो रोजगारी अभियानसँगै यात्रुको सङ्ख्यामा वृद्धि गर्न मद्दत गर्नेछ ।

सन् २०२३ को तुलनामा सन् २०३४ सम्ममा वार्षिक यात्रु आवागमनमा ८० प्रतिशतले वृद्धि गरी ३० करोड यात्रु पुर्‍याउने लक्ष्य कम्पनीले राखेको छ ।

यसको नयाँ लक्ष्यमा चालक दलका सदस्यसहित ईन्जिनियर र पाइलट गरी कूल १० हजार थप रोजगारीका लागि आवेदन माग्ने पनि जनाएको छ ।
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।