बैंकिङ समस्या र चुनौती उजागर गर्न ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ आयोजना हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने


बृहत राष्ट्रिय आर्थिक संवाद कार्यक्रम द नेशनल बैंकिङ्ग डिस्कोर्श २०२३ को आयोजना हुने भएको छ ।

बैंकिङ्ग समाचारको आयोजना तथा नबिल बैंकको प्रायोजनमा हुन लागेको उक्त कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्दैछन् । कार्यक्रम जेठ २ गते मंगलबार काठमाडौंको ताहाचलस्थित द सोल्टी काठमाण्डौं होटलमा आयोजना हुँदैछ ।

के हो ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ ?

‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ कार्यक्रममा बर्तमान आर्थिक परिदृश्यमा बजेटसँगको अपेक्षा, वित्तीय सेवा इकोसिस्टमको डिजिटलाइजेशनको स्थिती र चुनौती, रेमिट्यान्सले धानेको अर्थन्त्रको प्राण र यसको भविष्य जस्ता विषयमा छलफल हुनेछ । त्यसैगरी दिगो अनी समाबेशी बिकासका लागि अह्म बित्तिय साक्षरताको अपरिहार्यता र स्थिती लगायतका विषयवस्तुमा पनि छलफल हुने आयोजकले जनाएको छ ।

वर्तमान बैंकिङ्गको अवस्था, ब्याजदर वृद्धिको समस्या, तरलताको समस्या, बढ्दो निष्क्रिय कर्जा, वित्तीय संस्थाप्रतिको विश्वास घटाउने अफवाह बढोत्तरीको निराकरण, मौद्रिक नीतिबाट बैंकहरुमा भइरहेको निरन्तर दबाव, वित्तीय साक्षरताका विषय, वित्तीय सेवा इकोसिस्टमको डिजिटलाइजेशनको स्थिती र चुनौती लगायतका विषयहरुमा हुने बृहत परिसंवादले हालको अभुुतपूर्व समस्याका चुनौतीहरु समाधान, तर्क र तथ्य सहितका जवाफहरु मार्फत नयाँ मार्गदिशा तय गर्ने अपेक्षा छ ।

कार्यक्रममा आजको बैंकिङ्ग क्षेत्रको अन्यौलताका यथार्थ र मिथकहरु, दिगो बैंकिङ्ग, सटिक विश्लेषण र व्याख्या सहित रेमिट्यान्स, बित्तीय साक्षरता लगायत बिभिन्न बिषय माथिको गहन बिमर्स हुने बताइएको । सम्मेलनले ठुला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी–व्यवसायीले भौग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरु समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवद्र्धन गर्ने र साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पुर्याउने उद्देश्य कार्यक्रमको छ ।

विश्व कोभिड माहामारीबाट तङ्ग्रीदै गर्दा सुरु भएको रुस युक्रेन युद्धले इन्धन र खाद्यान्नमा चरम मुल्य वृद्धि भएको छ । फलस्वरूप विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीका कारण नेपालको अर्थतन्त्र पनि प्रभावित छ । यसै परिपेक्षलाई ध्यानकेन्द्रित गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रम घोषणाको पूर्व सन्ध्यामा बैंकिङ्ग समाचारको अथक पहलबाट ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ को आयोजना गर्न लागिएको हो । कार्यक्रमा प्रधानमन्त्रीसँगै गभर्नर, अर्थमन्त्री, अर्थविद्ध लगायत अन्य बिशिष्ट व्यक्तीहरुको सहभागिता रहनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।