बेष्ट फाइनान्सको २६ औ वार्षिक साधारण सभा सम्पन्न


बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २६ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त साधारण सभाको उद्घाटन संचालक समितिका अध्यक्ष खिमलाल पौडेलले गरेका थिए ।

सभाले आ.ब.२०७८/०७९ को संचालक समितिको प्रतिवेदन तथा बार्षिक वित्तीय विवरण पारित गरेको छ । आ.व.२०७९/०८० का लागि वाह्य लेखापरिक्षकको नियुक्तिको प्रस्ताव पारित गरेको छ ।

साधारण सभामा शेयरधनीले राखेका प्रश्न एवं जिज्ञासाहरुको जवाफ संस्थाका अध्यक्ष खिमलाल पौडेलले दिएका थिए । संस्थाको भावी योजनाका सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले सभामा उपस्थित सम्पूर्णलाई जानकारी गराएका थिए ।

संचालक समितिका अध्यक्ष खिमलाल पौडेलको सभापतित्वमा सम्पन्न सभामा प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले स्वागत मन्तव्य तथा मुख्य लगानी कर्ता एन आर एन का उपाध्यक्ष रोविन्द प्रसाद श्रेष्ठ (गोविन्द) ले आफ्नो मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन संस्थाका कम्पनी सचिव राज सुन्दर श्रेष्ठले गरेका थिए ।

हाल संस्थाको १८ वटा शाखा कार्यालयहरुबाट बैकिङ्ग सेवा संचालन गरिरहेको तथा आगामी वर्षमा थप शाखा विस्तार गर्दै लैजाने योजना रहेको छ । वित्तीय संस्थाको आफनो ग्राहकवर्गलाई डिजिटल बेकिङ्ग, सिआस्वा सेवा, अनलाई मार्फत खाता खोल्ने सुविधा लगायत अन्य थप बैकिङ्ग विस्तार गर्दै लैजाने योजना रहेको बताइएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।