सनराइज बैंकको १२६ औं शाखा सुनसरीको खनारमा

0
Shares

सनराइज बैंकले स्थित खनारमा १२६ औं शाखा संचालनमा ल्याएको छ ।

सोमबार इटहरी उपमहानगरपालिकाका मेयर द्घारिका लाल चौधरी र बैंकको संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरे ।

सोही कार्यक्रममा उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष भीम बहादुर पौडैल, शारदा शर्मा पुडासैनी र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा ए.टि.एम को उद्घाटन गरे ।

हालसम्म सनराइज बैंकले १२६ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४६ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरु संचालन गर्ने योजना रहेको जनाएको छ ।