पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले वृद्धि

0
Shares

अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरेको छ ।

अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्दासमेत गत चार महिनायता मूल्य समायोजन नगरेको निगमले आज सो वृद्धि गरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।

उनले आफूहरुले दशैँ, तिहार छठलगायत चाडपर्वका अवसरमा अन्तरराष्ट्रिय जगतमा मूल्य वृद्धि भए पनि पुरानै मूल्य कायम गरिएको बताउँदै नयाँ मूल्यदरबाट हाल भारतीय सीमामा प्रतिलिटर २० मूल्यान्तर रहेकामा १८ मूल्यान्तर हुने जनाए ।

इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएपछि समायोजन गरेको निगमले जनाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर मूल्य १०९ र डिजल । मट्टितेल ९७ रूपैयाँँ तोेकेकोे निगमले जनाएको छ । हाल पेट्रोलका प्रतिलिटर १०७ र डिजेल ९५ रहेको थियो । उक्त मूल्य गत साउन २२ गते निर्धारण गरिएको थियो ।

ईण्डियन आयल कर्पोरेशनबाट हवाई इन्धन तथा एल.पि.ग्यासको मूल्य समेत बढेर आएतापनि हाललाई हवाई इन्धन तथा एल.पि.ग्यासको खुद्रा विक्री मूल्य यथावत नै राखिएको निगमको जनाएको छ ।