सरकारले ट्रेजरी बिलमार्फत पौने २५ अर्ब आन्तरिक ऋण उठाउँदै

0
Shares

नेपाल राष्ट्र बैंकले सरकारका लागि ट्रेजरी बिल बिक्री गरेर पौने २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यसका लागि राष्ट्र बैंकले आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ ।

ट्रेजरी बिलमार्फत सरकारले २४ अर्ब ७४ करोड ५० लाख रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । जसमध्ये १८ अर्ब ७४ करोड ५० लाख परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिल नविकरण गर्न लागेको हो भन ६ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गरेको हो।

सोमबार बोलकबोल ट्रेजरी बिल मंगलबार जारी (वितरण) हुनेछ । । सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ । चौथो त्रैमासमा सरकारले १ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।