युनाइटेड इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

0
Shares

युनाइटेड इन्स्योरेन्सले लिलामी मार्फत बिक्री गर्न लागेको झण्डै ५ लाख कित्ता शेयर खरिदका लागि आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।

युनाइटेड इन्स्योरेन्सले मंसिर १० गतेदेखि १ लाख ५७ हजार ६४९.६० कित्ता संस्थापक र ३ लाख ४१ हजार ५४३ कित्ता साधारण शेयर गरी ४ लाख ९९ हजार १९२.६० कित्ता शेयरको लिलामी बिक्री खुला गरेको थियो ।

इन्स्योरेन्सले केही समय अघि निष्काशन गरेको २४० प्रतिशत हकप्रदमा बिक्री नभएको शेयर लिलामीमा ल्याएको हो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

इन्स्योरेन्सको लिलामी शेयरमा लगानीकर्ताले एनएमबि क्यापिटल, तथा एनएमबि बैंकको तोकिएका १३ शाखा कार्यालय मार्फत आवेदन दिन सक्नेछन्। लगानीकर्ताले लिलामी शेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ता शेयर खरीदको लागि आवेदन दिन पाउनेछन्।

३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको युनाइटेड इन्स्योरेन्सको हकप्रद पूँजीकरण पश्चात चुक्ता पूँजी एक अर्ब २ करोड ८१ लाख रुपैयाँ पुग्नेछ भने संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व अनुपात ६०ः४० कायम हुनेछ ।

मंसिर १६ गते सोमबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर २१३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।