अनलाइन ठगीबाट बच्न अन्य व्यक्तिलाई ओटिपी कोर्ड नदिन आग्रह

0
Shares

नेपाल राष्ट्र बैंकले अनलाइनको माध्यमबाट हुने ठगीबाट बच्न आम नागरिकलाई आग्रह गरेको छ । विद्युतीय आर्थिक कारोबार बढिरहेको पछिल्लो अवस्थामा विभिन्न बाहानामा ठगी हुने क्रम बढेको भन्दै यसबाट जोगिन आग्रह गरिएको हो ।

केन्द्रीय बैंकले विभिन्न बाहानामा वान टाइम पासवर्ड (ओटिपी) माग्ने र रकम चोरी गर्ने घटनाहरु संसारभरी नै हुने गरेको भन्दै सजग भई विद्युतीय कारोबार गर्न अनुरोध गरेको हो । ओटीपी भन्नाले एक पटक मात्र प्रयोगमा आउने पासवर्ड अर्थात् वान टाइम पासवर्ड भन्ने बुझिन्छ ।

विद्युतीय भुक्तानीको क्रममा उक्त कारोबार गरिरहेको व्यत्तिः सहि हो वा होइन वा कारोबार अधिकृत हो वा अनधिकृत हो भन्ने पहिचानका लागि सेवा प्रदायकको प्रणालीले स्वचालित रुपमा वान टाइम पासवर्ड प्रदान गर्ने गर्दछ । ओटीपी निश्चित प्रयोजनका लागि तोकिएको समयभित्र मात्र प्रयोग गर्न मिल्नेगरी प्रयोगकर्ताले दर्ता गरेको फोन र र वा इमेलमा मात्र प्राप्त हुने भएकोले अन्य कसैलाई पनि ओटीपी कोर्ड दिनुहुँदैन ।

आफूले चिनेको वा नचिनेको कुनै पनि असल नियतको व्यक्तिलाई तपाईंको अन्य व्यक्तिको ओटिपी कुनै पनि कार्यका लागि आवश्यक नपर्ने भएकाले सजग भई विद्युतीय भुक्तानीका कारोबार गर्न केन्द्रीय बैंकले आग्रह गरेको हो । कुनै पनि बैंक तथा वित्तीय संस्था वा भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाले ग्राहकको ओटिपी कहिल्यै पनि नमाग्ने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभाग तथा वित्तीय चेतना अभिवृघि गर्नका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशीता तथा ग्राहक संरक्षण महाशाखाले समय समयमा विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमका सम्बन्धमा जानकारी दिने गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।