गणपति माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्न घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।

माइक्रोफाइनान्सले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  लाभांश पारित गर्न संस्थाले पुस ४ गते शुक्लागण्डकी नगरपालिका स्थित जंगल पार्क रिसोर्ट तनहुँमा साधारण सभा बोलाएको छ।

साधारण सभा प्रयोजनका लागि बुधबार बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

हाल १० करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको माइक्रोफाइनान्सको वोनस वितरणपछि चुक्ता पूँजी ११ करोड ७ लाख रुपैयाँ पुग्नेछ । बोनस पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि साधारण सभाले पारित गर्दैछ ।