सामाजिक सुरक्षा कोषमा साढे ३३ अर्ब संकलन, साढे ४ अर्ब दाबी भुक्तानी


सामाजिक सुरक्षा कोषमा साढे ३३ अर्ब रुपैयाँ संकलन भएको छ । कोषले सार्वजनिक गरेको तथ्यांक अुनसार जेठ १ गतेसम्ममा ३३ अर्ब ४८ करोड रुपैयाँ संकलन भएको हो ।

यो अवभिसम्ममा कोषले विभिन्न योजना बापत योगदानकर्तालाई ४ अर्ब ४२ करोड दाबी भुक्तानी गरेको छ । कोषमा १७ हजार ८७८ रोजगारदाता कम्पनीका ५ लाख १६ हजार ८१० योगदानकर्ता सूचीकृत भएका छन् ।

बैशाख २ गतेसम्म १७ हजार ८१० रोजगारदाता आबद्ध भएकामा हाल १७ हजार ८७८ रोजगारदाता आवद्ध भएका हुन् । कोषको तथ्यांक अनुसार एक महिनाको अवधिमा ६८ रोजगारदाता थपिएका हुन् ।

कोषमा आबद्ध हुनेमा सबैभन्दा बढी बागमती प्रदेशबाट ४ लाख २२ हजार २४१ श्रमिक सूचीकृत भएका छन् । कोशी प्रदेशबाट ४० हजार ४६, मधेस प्रदेशबाट २१ हजार ६१४, गण्डकी प्रदेशबाट १५ हजार ६०९, लुम्बिनी प्रदेशबाट १४ हजार ४१३, सुदूरपश्चिम प्रदेशबाट १ हजार पाँच सय ७४ र कर्णाली प्रदेशबाट १ हजार दुई सय ७३ श्रमिक सूचीकृत भएका छन् ।

कोषले नियमितरुपमा योगदान गर्ने योगदानकर्तालाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना गरी विभिन्न योजना सञ्चालन गरिरहेको छ ।

कोषमा कसरी आबद्ध हुने

समाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागी कोषको वेभसाइट www.ssf.gov.np मा SOSYS Online line मा विवरण भरेर लगइन गर्नुपर्ने हुन्छ । त्यसपश्चात सामाजिक सुरक्षा कोषबाट युजर आइडि र पासवर्ड र सम्मिसन नम्बर प्राप्त गर्न सकिन्छ ।

वैदेशिक रनेजगारीमा रहेका नेपाली नागपरिकले विवरण भर्दा नेपाली नागरिकता वा राहदानी र भिसाको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ । तर, नेपाली नागरिकलाई भिसा आवश्यक नपर्ने मुलुकमा स्वरोजगार रहेको भए नेपाली नागरिकता वा राहदानीको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्ने छ ।

यस्तै रोजगारदाता कम्पनी, ठेगाना र नेपालमा सम्पर्क गर्ने व्यक्तिको नाम थर, ठेगाना, नाता, सम्बन्ध र सम्पर्कको विवरण खुलाउनु पर्नेछ । यस्तै अनलाइन फारम भर्दा बैंकको नाम, खाता नम्बर,खाताको प्रकार, शाखा पनि उल्लेख गर्नुपर्ने छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।