नेपाल स्टक एक्सचेञ्जमा मंगलबार तीन कम्पनीको कूल एक करोड २१ लाख ७९ हजार ३२१ कित्ता शेयर सूचीकृत भएको छ ।
यसदिन नागरिक लगानी कोष र माछापुच्छ्रे बैंकको बोनस शेयर र मुक्तिनाथ विकास बैंकको हकप्रद शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ।
नेप्सेका अनुसार नागरिक लगानी कोषको २४ लाख २५ हजार १७४ कित्ता बोनस शेयर तथा माछापुच्छ्रे बैंकको ४० लाख २७ हजार ८४७ कित्ता बोनस सूचीकृत भएको हो ।
त्यसैगरी, मुक्तिनाथ विकास बैंकको ५७ लाख २६ हजार ३०० कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।







