मर्जर प्रस्ताव पारितका गर्न प्रभु र महालक्ष्मी लाईफले डाके सभा

0
Shares

एक आपसमा मर्जर सम्झौता गरेका दुई बीमा कम्पनीहरु प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सले जेठ २६ गते एकै दिन साधारण सभा आह्वान गरेका छन् ।

दुई इन्स्योरेन्सबीच १ बराबर १ कित्ता सेयर आदानप्रदान रेसियोमा मर्जर हुँदैछ । प्रभु लाइफ र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच २०७९ असार ३० गते मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो ।

प्रभु लाइफले लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाडौंमा विशेष साधारण सभा तथा महालक्ष्मी लाईफले होटल अकामा, धुम्बारही, काठमाडौंमा बिहान ११ बजे पाँचौ वार्षिक साधारण सभा बोलाएको हो ।

त्यस्तै महालक्ष्मी लाईफले प्रभु लाइफसँगैका मर्जर प्रस्तावका लागि तय भएको गर्ने सहमतिलाई सभा मार्फत स्वीकृति प्रदान गर्नेछ । यस्तै मर्जरका लागि आगामी दिनमा आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालन समितिलाई दिने र अघिल्लो आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ ।

प्रभु लाइफ इन्स्योरेन्सले महालक्ष्मी लाइफसँग मर्जर सम्बन्धी आवश्यक प्रस्तावसँगै प्रस्तावित लाभांश पारित गर्नेछ । यस्तै प्रस्तावित चुक्ता पुँजी २ अर्बको ९.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांशलाई समेत अन्तिम स्वीकृति दिनेछ । साथै अघिल्लो आर्थिक वर्ष २०७७।७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नेछ ।

प्रभु लाइफले सभा प्रयोजनका लागि जेठ १२ गते शुक्रबार बुकक्लोज गरेको छ । बुकक्लोजका आधारमा जेठ ११ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।