दश महिनामा १२ खर्ब बढी व्यापार घाटा

0
Shares

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १२ खर्ब ४ अर्ब ४२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ बराबरको माल वस्तु आयात गरेको छ ।

दश महिनाको अवधिका कूल १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । विभागका अनुसार सो अवधिमा नेपालले १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबरको माल वस्तु निर्यात गरेको छ । गत वर्षको तुलनामा चालु आवको १० महिनामा वस्तु निर्यात २४.४९ प्रतिशतले घटेको छ । आव २०७८/७९ को दश महिनाको अवधिमा नेपालले १ खर्ब ७३ अर्ब ३४ करोड रुपैयाँ बराबरको माल वस्तु निर्यात गरेको थियो ।

समीक्षा अवधिका वस्तु आयात र निर्यात दुवै घटेको छ । विभागका अनुसार आव २०७८।७९ मा १६ खर्ब ४ अर्ब ६५ करोड २५ लाख रुपैयाँ बराबरको कूल आयात गरेकामा चालु आवको १० महिनामा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ बराबरको आयात भएको छ । कूल कारोबारका आधारमा आव २०७८।७९ १७ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको व्यापार भएकामा चालु आवको १० महिनामा १४ खर्ब ६६ अर्ब २२ करोड रुपैयाँ बराबरको व्यापार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।