रिडी हाइड्रोको ५ % बोनस नचाहने शेयरधनीले आजै शेयर बिक्री गर्नुपर्ने

0
Shares

रिडी हाइड्रो पावरले गत आर्थिक बर्षको मुनाफाबाट घोषणा गरेको ५ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो।

हाइड्रोले घोषणा गरेको बोनस लिन अनिइच्छुक रिडीका शेयरधनीहरुले आज शेयर बिक्री गर्नुपर्नेछ भने लाभांश लिन इच्छुक लगानीकर्ताले शेयर खरिदगरी शेयरधनी बन्नुपर्नेछ ।

हाइड्रो सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको छ ।

हाइड्रोले लाभांस प्रस्ताव पारित गर्नका लागि पुस ४ गतेसाधारण सभा बोलाएको छ भने मंसिर १९ गतेदेखि साधारण सभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द हुनेछ ।

अहिले हाइड्रोको चुक्ता पूँजी ५३ करोड ११ लाख रुपैंया छ । प्रस्तावित बोनस बितरण पश्चात हाइड्रोको चुक्ता पूँजी ५५ करोड ७६ लाख रुपैंया नाघ्नेछ।

दोस्रो बजारमा यो कम्पनीको शेयर मूल्य प्रतिकित्ता ७४ रुपैयाँ हाराहारीमा कारोबार भईरहेको छ।