हस्तकला क्षेत्रको प्रबर्धन र संरक्षणको लागि सदा सहयोग गर्ने नबिल बैंकको प्रतिबद्धता

0
Shares

१७ औं हस्तकला ट्रेड फेयर तथा १५ औं क्राफ्ट प्रतियोगिताको अवसरमा नबिल बैंक र नेपाल हस्तकला महासंघ बिच सम्झौता भएको छ ।

यस सम्झौता संगै नबिल बैंकले देशको हस्तकला क्षेत्रको प्रबर्धन र संरक्षणको लागि सदा सहयोग गर्ने प्रतिबद्धता लिएको छ ।

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, “ हस्तकला क्षेत्रको संरक्षण र उन्नतीको लागी नबिल बैंक सधैं भरी तत्पर रहनेछ । हस्तकला क्षेत्रको उत्थानका लागी नेपाल हस्तकला महासंघ संग सहकार्य गर्न पाउंदा हामी निकै खुशी छौं । यो सहकार्यले हस्तकला क्षेत्रमा आबद्ध भएका व्यक्तिगत तथा व्यवसायहरुलाई लाभ हुने विश्वाश हामीले लिएका छौं ।

नेपाल हस्तकला महासंघका अध्यक्ष श्री सुरेन्द्र  भाई शाक्यले भने, “नेपाल हस्तकला महासंघले नबिल बैंकलाई हस्तकला मैत्री बैंक २०७५/७६ घोषणा गर्न पाउंदा हामीलाई निकै खुशी लागेको छ । निजी क्षेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ भएकोमा हामी हर्षोशाहित भएका छौं ।

नबिल बैंकले ९२ वटा शाखाहरु, १४२ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गर्दै आईरहेको छ ।