नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य बुधबार समायोजन भएको छ ।
दुबै कम्पनीले प्रस्ताव गरेको लाभांश र बुकक्लोजसँगै बुधबारको कारोबार समयपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुबै कम्पनीको मुल्य समायोजन भएको हो ।
स्टकका अनुसार नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६०१ रुपैयाँ ६७ पैसा तोकेको हो । बुधबार नेशनलको ६४९ रुपैयाँ ८० पैसामा अन्तिम पटक कारोबार भएको थियो ।
यस्तै कप्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको ९.८० प्रतिशत बोनस सेयर समायोजनपछि नेप्सेले प्रतिकित्ता ४२८ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ । बुधबार प्रभुको ४७० रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।
नेप्सेले दुबै कम्पनीको बुधबार कारोबार भएको अन्तिम कारोबार मूल्यलाई आधार माने रप्रस्तावित बोनस सेयरमा मूल्य समायोजन गरेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया