सूर्यज्योति लाइफ इन्स्योरेन्सको अध्यक्षमा केशव प्रसाद भट्टराई

0
Shares

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका केशव प्रसाद भट्टराईले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन। ।

भट्टराईले जेष्ठ १० गते नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको गत जेठ ४ गते बसेको ३४९ औं बैठकबाट भट्टराई कम्पनीको अध्यक्ष पदमा सर्वस चयन भएका थिए।

साविकका सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एकआपसमा गाभिई गत पौष ७ गते देखि सूर्यज्योति लाइफ इन्स्योरेन्सले एकिकृत कारोवार आरम्भ गरेको थियो ।

गत जेठ ४ गते सम्पन्न कम्पनीको पन्ध्रौं वार्षिक साधारणसभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समुह ‘क’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन समेत सम्पन्न गरेको थियो।

संस्थापक शेयरधनी समुह ‘क’ बाट केशव प्रसाद भट्टराई, नन्द किशोर शर्मा तथा विवेक झा निर्वाचित भए भने सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट हेमन्त नाहटा, आकाश गोल्छा तथा प्रिया तायल निर्वाचित भएका थिए । साथै कम्पनीको स्वतन्त्र सञ्चालकमा चुडामणि देवकोटा नियूक्त भएका थिए।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।