नेशनल र समीट लघुवित्तको मर्जरका लागि सेयर स्वाप रेसियो तय

0
Shares

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जरका लागि सेयर आदान–प्रदान रेसियो तय भएको छ ।

संयुक्त सञ्चालक समितिको बिहीबार (जेठ ११ गते) बसेको बैठकले नेशनल र समीट लघुवित्तबीच १ः०.७३ सेयर स्वाप रेसियोमा मर्जर हुने निर्णय गरेको हो । दुबै कम्पनीको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) प्रतिवेदन सिफारिस बमोजिम सेयर स्वाप रेसियो निर्धारण गरिएको हो ।

दुई संस्थाबीच भएको मर्जर सम्झौतामा १००ः८२ स्वाप रेसियो अनुपातमा गाभिने प्रारम्भिक सहमति थियो । प्रारम्भिक सहमतिको तुलनामा डिडिए प्रतिवेदनमा सेयर स्वाप रेसियो घटेको हो ।

उक्त सेयर स्वाप रेसियो अनुसार नेशनल माइक्रोफाइनान्सको सेयरधनीको सेयर समान रहनेछ । साबिक समीट लघुवित्तको १०० कित्ता सेयर बराबर नेशनल माइक्रोफाइनान्सको ७३ कित्ता सेयर कायम हुनेछ ।

दुई लघुवित्तबीच २०७९ असोज २६ गते एन आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । यो मर्जरलाई राष्ट्र बैंकले २०७९ पुस ७ गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार  ११ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।