पिपुल्स हाइड्रोपवारले चुक्ता पुँजीभन्दा बढी ऋण लिने

0
Shares

पिपुल्स हाइड्रोपवारले चुक्ता पुँजीभन्दा बढी ऋण लिने भएको छ । कम्पनीले आगामी असार ४ गते आह्वान गरेको १५ औं वार्षिक साधारण सभा मार्फत उक्त प्रस्ताव पारित गर्न लागेको हो ।

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले असार ४ गते १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । जेठ १३ गते शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले काठमाण्डौको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बिहान १० बजे साधारण सभा बोलाउने निर्णय गरेको हो ।

सभाले बैंक तथा वित्तीय संस्थाबाट कम्पनीको चुक्ता पुँजीभन्दा बढी ऋण लिने विशेष प्रस्ताव पारित गर्ने भएको छ । यस्तै कम्पनीमा सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन पनि सभाले गर्ने, आर्थिक वर्ष २०७८–७९ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्ने र कम्पनीको अधिकृत पुँजी वृद्धिका लागि प्रबन्धपत्रको दफा ६ (क) संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभामा छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ २५ गते बिहीबार बुकक्लोज गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार जेठ २४ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।