सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित सबै फन्ड घाटामा, कसको कति घट्यो न्याभ ?

0
Shares

सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित तीनवटै सामुहिक लगानी कोष योजनाको बैशाख महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ । क्यापिटलको व्यवस्थापनमा सञ्चालित सबै योजनाले बैशाखमा घाटा ब्यहोरेका छन् भने सबै फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ ।

वित्तीय विवरण अनुसार समीक्षा अवधिमा सानिमा इक्वीटी फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य अघिल्लो महिनाको तुलनामा ३९ पैसा, सानिमा ग्रोथ फन्डको १२ पैसा र सानिमा लार्ज क्याप फन्डको ३१ पैसाले न्याभ घटेको हो । ती फन्डहरु बैशाखमा क्रमशः ४ करोड ४५ लाख, १ करोड १० लाख र ४१ हजार बढी नोक्सानीमा छन् ।

बैशाखको विवरण अनुसार सात वर्ष अवधिको सानिमा इक्वीटी फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य अघिल्लो महिनाको तुलनामा ३९ पैसा घटेर ११ रुपैयाँ ८६ पैसा रहेको छ । गत चैतमा प्रतिइकाई खुद सम्पत्ति मूल्य १२ रुपैयाँ २५ पैसा थियो । योजनाका आकार कुल १ अर्ब ३० करोड रुपैयाँ रहेको यस योजनाको लगानी १ अर्ब २५ लाख रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा, ४ करोड १८ लाख ३६ हजार रुपैयाँ सार्वजनिक निष्कासन, हकप्रद, बोनस र अन्य सूचीकृत नभएको सेयरमा लगानी छ । यस्तै फन्डको ऋणपत्रमा १० करोड ७८ लाख ७२ हजार रुपैयाँ र मुद्दती निक्षेपमा २७ करोड रुपैयाँ लगानी छ । यस्तै बैंक मौज्दातमा १० करोड २ लाख ४ हजार रुपैयाँ बचत रहेको छ । गत चैतमा ६३ लाख ९५ हजार रुपैयाँ नाफामा रहेको फन्डले बैशाखमा ४ करोड ४५ लाख ९१ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको हो ।

यस्तै दश वर्ष अवधिको अर्को सामुहिक लगानी कोष योजना सानिमा ग्रोथ फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य अघिल्लो महिनाको तुलनामा १२ पैसा घटेर ९ रुपैयाँ ८४ पैसामा झरेको छ । गत चैतमा प्रतिइकाई खुद सम्पत्ति मूल्य ९ रुपैयाँ ९६ पैसा थियो । योजनाका आकार कुल ६७ करोड २५ लाख ३२ हजार रुपैयाँ रहेको यस योजनाको १५ करोड ६३ लाख २४ हजार रुपैयाँ लगानी सूचीकृत कम्पनीको सेयरमा, १ करोड १२ लाख २९ हजार रुपैयाँ सार्वजनिक निष्कासन, हकप्रद, बोनस र अन्य सूचीकृत नभएको सेयरमा लगानी छ ।

फन्डले १ करोड ५९ लाख ५३ हजार रुपैयाँ ऋणपत्रमा र ५ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको छ । यस्तै बैंक मौज्दातमा ४१ करोड २३ हजार ७६ हजार रुपैयाँ छ । गत चैतमा २४ लाख ९३ हजार नोक्सानीमा रहेको फन्डको बैशाखमा १ करोड १० लाख ९४ हजार रुपैयाँ नोक्सानीमा पुगेको हो ।

यसैगरी सात वर्ष अवधि रहेको सानिमा लार्ज क्याप फन्डको बैशाख महिनामा प्रतिइकाई खुद सम्पत्ति मूल्य अघिल्लो महिनाको तुलनामा ३१ पैसा घटेर ८ रुपैयाँ ८७ पैसा रहेको छ । गत चैतमा प्रतिइकाई खुद सम्पत्ति मूल्य ९ रुपैयाँ १८ पैसा थियो । योजनाका आकार कुल १ अर्ब २० करोड रुपैयाँ रहेको यस योजनाको लगानी ६१ करोड ६५ लाख ७४ हजार रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा, ३ करोड २७ लाख ६ हजार रुपैयाँ सार्वजनिक निष्कासन, हकप्रद, बोनस र अन्य सूचीकृत नभएको सेयरमा लगानी छ । यस्तै फन्डले १५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको छ भने बैंक मौज्दातमा १४ करोड ३९ लाख ४१ हजार रुपैयाँ रहेको छ । गत चैतमा ३ करोड ४६ लाख ४९ हजार नाफामा रहेको फन्ड बैशाखमा आउँदा ४१ हजार ४४६ रुपैयाँ नोक्सानीमा पुगेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।