एलआईसी नेपालद्धारा दाबी भुक्तानी लिन आग्रह

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले केही बीमितहरु दाबी भुक्तानी लिन लामो समयदेखि सम्पर्कमा नरहेको भन्दै सूचना जारी गरेको छ ।

कम्पनीले बीमालेख परिपक्व भईसकेका तथा धनफिर्ता योजनामा तोकिएको अवधि पूरा भइसकेर पनि उक्त बीमालेखहरुमा परिपक्व दावी एवं जीवित लाभ दाबी भुक्तानी लिन लामो समयदेखि सम्पर्कमा नरहेका बीमितहरू एवं सम्बन्धित हकवालाहरूलाई उक्त दाबी भुक्तानी लिन आउनको लागि भनेको हो ।

कम्पनीको नजिकैको कुनै शाखा कार्यालय अथवा प्रधान कार्यालयमा सम्पर्क गरी दाबी भुक्तानी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । हाल कम्पनीको सबै किसिमको भुक्तानीहरु विद्युतिय माध्यमबाट भुक्तानी गर्दै आएको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।