ज्योति विकास बैंकले घोषणा गर्यो गत आर्थिक बर्षको लाभांश

0
Shares

ज्योति विकास बैंकले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ ।

बैंकको बुधवार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ मुनाफाबाट १२.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

हाल बैंकको चुक्ता पुँजी ३ अर्ब १० करोड रुपैयाँ छ । जस अनुसार बैंकले ३९ करोड ५२ लाख ५४ हजार ८४५ रुपैयाँ बराबरको बोनस शेयर बाँड्ने छ। बोनस पश्चात पुँजी ३ अर्ब ४९ करोड ५२ लाख ९२ हजार पुग्नेछ ।

बैंकले अघिल्लो आर्थिक वर्षमा ८.४० प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो।