निर्धन उत्थानले ४०.५३ % लाभांश पारित गर्न बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

0
Shares

निर्धन उत्थान लघुवित्तले प्रस्तावित लाभांश लगायतका एजेण्डा पारित गर्न पुस १३ गते साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र १५.५३ प्रतिशत नगद लाभांश गरी कुल ४०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

लाभांश प्रस्तावसँगै साधारण सभाले बार्षिक तथा वित्तीय प्रतिवेदनहरु पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने, संचालक नियुक्ति गर्ने, संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पेश हुनेछन् ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ३० गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार मङ्सिर २९ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड छ । प्रस्तावित बोनस वितरण पश्चात एक अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।