नेप्सेमा एक लघुवित्तको बोनस सेयर सुचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्त कम्पनीको बोनस सेयर सुचीकृत भएको छ ।

स्टकका अनुसार सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ बाट वितरण गरेको चुक्ता पुँजीको ११ प्रतिशत बोनस बापतको ९४ हजार ३८० कित्ता बोनस सेयर आज नेप्सेमा सुचीकृत भएको हो ।

लघुवित्तको चैत ४ गते सम्पन्न भएको आठौं वार्षिक साधारण सभाबाट ८ करोड ५८ लाख रुपैयाँको ११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।

बुधबार सुचीकृत बोनस सेयर साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ गरिएको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीले मात्र पाउनेछन् । लघुवित्तको वार्षिक साधारण सभाका लागि २०७९ फागुन २१ गते बुकक्लोज गरिएको थियो ।

नेप्सेमा आज सूचीकृत भएकाे बोनस सेयर सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।