राममाया कुँवर कार्यवाहक महालेखापरीक्षक नियुक्त

0
Shares

उपमहालेखापरीक्षकको जिम्मेवारीमा रहेकी राममाया कुँवरले कार्यबाहक महालेखापरीक्षकको जिम्मेवारी सम्हालेकी छिन् । उनले जेठ ८ गतेदेखि कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी सम्हालेकी हुन् ।

संवैधानिक निकाय कार्य सञ्चालन नियमावली अनुसार महालेखापरीक्षकको कार्यालयमा कार्यरत उपमहालेखापरीक्षकमध्ये ज्येष्ठ उपमहालेखापरीक्षकले कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी सम्हाल्ने कानूनी व्यवस्था छ ।

महालेखापरीक्षक टंकमणि शर्मा ६ वर्षे कार्यकाल पूरा गरेर अनिवार्य अवकाशमा गएपछि कुवँरले नयाँ महालेखापरीक्षक नियुक्त नभएसम्मका लागि कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी सम्हालेकी हुन् ।

कुँवर कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी प्राप्त गर्ने दोस्रो महिला हुन् । यसअघि उपमहालेखापरीक्षक विमला सुवेदीले पहिलो कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी सम्हालेकी थिइन् ।

उपमहालेखापरीक्षक कुँवर साउन २२ गते पाँच वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएकाले सोही दिनसम्म कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी सम्हाल्नेछन् ।

उपमहालेखापरीक्षकको पहिलो नम्बरमा रहेकी कुँवर करिब पाँच वर्षदेखि उपमहालेखापरीक्षकको जिम्मेवारीमा छिन् । विसं २०७५ साल साउन २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नायब महालेखापरीक्षकबाट कुँवरलाई उपमहालेखापरीक्षकमा बढुवा गरेको थियोे । उपमहालेखापरीक्षकको दोस्रो नम्बरमा महेश्वर काफ्ले रहेका छन् ।

यस्तो छ कुँवरको सरकारी यात्राः–

महालेखा परीक्षकको कार्यालयमा कार्यबाहक महालेखापरीक्षक बनेकी राममाया कुँवर खड्काले मुखिया पदबाट निजामती सेवाको यात्रा सुरु गरेकी हुन् ।

विसं २०२४ बैखाख १ गते लुमजुङमा जन्मिएकी उनका बुवा बलबहादुर खड्का र माता पूर्णीमाया हुन् । उनले २०४९ सालमा मुखियाको परीक्षा पास गरी सेवा सुरु गरेकी हुन् ।

वन विभाग काठमाडौंबाट सेवाको सुरु गरेकी उनले यहाँ तीन वर्ष काम गरेपछि २०५३ सालमा प्रशासन समूहकी खरिदार बनिन् । खरिदार भएपछि तत्कालीन भूमिसुधार विभाग, सुकुम्वासी आयोग तथा लोकसेवा आयोगमा काम गरिन् ।

विसं २०५९ सालमा शाखा अधिकृत बनेकी उनी त्यसयता महालेखापरीक्षकको कार्यालयमै कार्यरत छिन् । विसं २०६७ सालमा उपसचिव बनेकी कुँवर २०६९ सालमा सहसचिव र २०७५ साउनदेखि सचिवमा बढुवा भएकी हुन् । कुँवरले मास्टर अफ विजनेश स्टडिज र जनप्रशासन विषयमा स्नाकोत्तर छिन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।