समीट लघुवित्तको सेयरमूल्य समायोजन

0
Shares

समीट लघुवित्त वित्तीयसंस्थाको बोनसमा आइतबार सेयरमूल्य समायेजन भएको छ । लघुवित्त कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरणका लागि प्रस्ताव गरेको बोनसको बुकक्लोजसँगै कम्पनीको सेयरमूल्य समायोजन गरिएको हो ।

नेप्सेका अनुसार प्रस्तावित १३.५६ २७५३ प्रतिशत बोनसपछि ८९९ रुपैयाँ १९ पैसा समायोजत सेयरमूल्य निर्धारण गरिएको छ । आइबार लघुवित्तको सेयर अन्तिम पटक प्रतिकित्ता ९३१ रुपैयाँ २० पैसामा अन्तिम पटक कारोबार भएको थियो । आइतबार कारोबार भएको अन्तिम मूल्यलाई आधार मानेर लघुवित्तको बोनसमा सेयरमूल्य समायोजन गरिएको हो ।

यससँगै आज समायोजन भएको सेयरमूल्यलाई आधार मानेर सोमबार समीट लघुवित्तको नेप्सेमा सेयर कारोबार सुचारु हुनेछ ।

लघुवित्तले असार ३ गते अरनिको पार्टी प्यालेस, बनेपा काभ्रेपलान्चोक बिहान साढे १० बजे आह्वान गरेको साधारण सभाका लागि जेठ २२ गते सोमबार बुकक्लोज गर्दैछ । बुकक्लोज अनुसार जेठ २१ गते आइतबारसम्म सेयर खरिद गर्नेले मात्रै लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।