सामुदायिक र बिपिडब्लु लघुवित्तको मर्जरलाई सेबोनको पूर्वस्वीकृति

0
Shares

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लू लघुवित्त वित्तीय संस्थालाई मर्जरमा जान पूर्व स्वीकृति दिएको छ ।

मर्जरमा जान दुई लघुवित्तले जेठ ३ गते सेबोनमा संयुक्त निवेदन पेश गरेका थिए । सेबोनले एक आपसमा गाभ्नर गाभिन तथा प्राप्ति सम्बन्धमा पूर्वस्वीकृति प्रदान गरेको हो ।

यस्तै नेपाल राष्ट्र बैंकले पनि दुबै कम्पनीलाई जेठ ३ गते नै मर्जरमा जान सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ ।

काभ्रेको बनेपा–१४ मा केन्द्रीय कार्यालय रहेको सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त संस्थाबीच एक आपसमा गाभ्ने–गाभिने तथा प्राप्तिसम्बन्धी नियमावली अनुसार फागुन २९ गते एक आपसमा गाभ्नेरगाभिने सहमति भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।