कन्चन डेभलपमेन्ट बैंकले अघिल्लो बर्षको भन्दा दोब्बर बोनश दिने

0
Shares

कन्चन डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ । बैंकको बिहाबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई १७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले १० प्रतिशत बोनस शेयर र कर सहित ७ प्रतिशत नगद नगद गरि कुल १७ प्रतिशत लांभश प्रस्ताव गरेको हो ।  प्रस्तावित लाभांश राष्ट बैंकको स्वीकृतिपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड १३ लाख रहेको छ । बैंकले ५ करोड ३१ लाख ३० हजार रुपैयाँ बराबरको बोनस शेयर र ३ करोड ७१ लख ९१ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । बोनसपछ बैंकको चुक्ता पूँजी ५८ करोड ४४ लाख पुग्नेछ ।

गत वर्ष कञ्चनले ५ प्रतिशत बोनस शेयर र ६.२९ प्रतिशत नगद लाभांश दिएको थियो । बैंकले अघिल्लो बर्षको भन्दा दोब्बर बोनस दिन लागेको छ ।