सरकारले बजेट मार्फत नै दोहोरो भूमिका खेल्छ: चन्द्र प्रसाद ढकाल

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बजेट बनाउने बेलामै सरकारले दोहोरो भुमिका खेल्ने गरेको बताएका छन् । इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कार्यक्रमका बोल्दै सरकारले बजेट प्रस्तुत गर्ने बेलामा राम्रा र लोकप्रीय बुँदा राख्ने र आर्थिक ऐन र विधेयकमा भने फरक आँकडा प्रस्तुत गर्ने गरेकोे बताए । ‘बजेट भाषण सुन्ने बेलामा राम्रा राम्रा बुँदाहरु हुन्छन सोही अुनसार उद्योगी व्यवसायीले प्रतिक्रिया पनि राम्रै दिन्छन्,’ उनले भने, ‘तर, आर्थिक विधेयक र ऐनमा फरक आँकडाका कारण उद्योगी व्यवसायीको बजेटमाथिको प्रतिक्रिया पनि फरक पर्छ । ’

उनले बजेट लेखन गर्ने बेलामै निजी क्षेत्रले उठाएका कुरा बजेट भाषणमा समेटिने तर, रातो किताब आउँदा फरक भएर आउने गरेको होकी भन्ने शंंका निजी क्षेत्रको रहेको उनले बताए । यसपालि पनि निजी क्षेत्रले राखेका धेरै बुँदाहरु बजेट भाषणमा समेटिएको तर, रातो कितावमा फरक आएको उनले बताए ।

सोही कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण लगत्तै उद्योगी व्यवसायीले बजेटमाथि राम्रो प्रतिक्रिया दिने र पछि पुनः रुष्ट हुने प्रवृत्ति रहेको बताएका थिए ।

कार्यक्रममा महासंघ अध्यक्ष ढकालले यसपल्ट निजी क्षेत्रका सुझावहरु बजेटमा समेटिएको पनि बताए । निर्यात बढाउने, आयात निरुत्साहन गर्ने, काठको आपूर्ति र निर्यात बढाउने लगायतका बुँदाहरु बजेटमा समेटिनाले निजी क्षेत्रले त्यसलाई स्वागत गरेको उनको भनाई छ ।

यस्तै उनले अघिल्लो आर्थिक ऐनले ल्याएका धेरैजसो सकारात्मक कुराहरुलाई हालको आर्थिक ऐनले निरन्तरता नदिनाले निजी क्षेत्र निरुत्साहित भएको बताए । निजी क्षेत्र सरकारको यस्ता नीतिगत अस्थिरता ल्याउने कुराकै कारण हतोत्साही भएको उनको भनाई छ । यस्ता कुराहरु सुधार पनि हुनुपर्नेमा उनले जोड दिए ।

कुनै नीति तथा बजेटमा आउने सानो फरकले पनि पुरै देशकै उद्योग क्षेत्रको तस्विर देखाउँने बताउँदै उनले यस्ता कुरामा सरकारले अर्थतन्त्रलाई के असर पर्छ भनेर अध्ययन गरेरै मात्रै बनाउन आग्रह गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।