वोमी र नागरिक लघुवित्तको एकिकृत कारोबार मंसिर ३० गतेदेखि

0
Shares

वोमी लघुवित्त वित्तिय संस्था लिमिटेड र नागरिक लघुवित्त वित्तिय संस्था लिमिटेडको मर्जर पछिको एकिकृत कारोबार मंसिर ३० गतेदेखि शुरु हुने भएको छ ।

वोमी लघुवित्तले नागरिक लघुवित्तलाई मर्जर गरी वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

मंसिर ६ गते राष्ट्र बैंकले दुई लघुवित्तलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको हो । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत वोमी र सार्वजनिक शेयर निष्काशन नगरेको नागरिक लघुवित्तले मर्जर सम्झौता गरि गत असोज २ मा विशेष साधारण सभाबाट मर्जर प्रस्ताव पारित गराएका थिए ।

वोमीको १०० कित्ता बराबर नागरिकको ७२ कित्ताको अनुपातमा शेयर आदान प्रदान गर्ने गरी राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति दिएको हो ।

वोमीको चुक्ता पूँजी १० करोड १० लाख र नागरिक लघुवित्तको चुक्ता पूँजी एक करोड ७५ लाख रुपैयाँ छ । वोमीले मर्जर सम्झौता भए पछि शतप्रतिशतले हुने १० करोड १० लाख ८८ हजार बराबरको हकप्रद बिक्री गरिसकेको छ । शतप्रतिशत हकप्रद र नागरिक लघुवित्तलाई ७२ को स्वाप रेसियोमा प्राप्ती गरे पछि वोमी लघुवित्तको चुक्ता पूँजी २५ करोड २५ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।

२०६८ साल देखि सञ्चालनमा रहेको वोमी लघुवित्तको मुख्य कार्यालय चितवनको भरतपुरमा छ । वामीले ३२ जिल्लामा लघुवित्त सेवा दिँदै आएको छ । २०७४ मंसिर २४ गते सञ्चालन स्वीकृति पाएको नागरिक लघुवित्तको काभ्रेको बनेपामा मुख्य कार्यालय छ भने १० जिल्लामा लघुवित्त सेवा दिँदै आएको छ ।