विद्युतीय एसयुभी लन्च गर्ने तयारीमा बीवाइडी

0
Shares

चिनियाँ विद्युतीय कार निर्माता बीवाइडीले पहिलो पटक विद्युतीय स्पोर्टस युटीलिटी भेइकल (एसयुभी) लन्च गर्ने भएको छ ।

कम्पनीले नयाँ एसयुभीको ब्रान्डनाम ‘फ्याङ चेङ बावो’ राखेको छ जसलाई अङ्गेजी भाषामा अनुवाद गर्दा ‘लियोपार्ड’ अर्थात् नेपालीमा ‘चितुवा’ भन्ने बुझिन्छ ।
फ्याङ चेङ बावो ब्रान्डनामबाट एसएफ कोडनाम गरेको एसयुभी सन् २०२३को अन्त्यसम्ममा लन्च हुने अनुमान गरिएको छ ।

यस ब्रान्डनाम अन्गर्गत अफ–रोड कार, स्र्पोट्स कार लगायतका विभिन्न मोडलका कारहरु उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

यसै सम्बन्धमा बीवाइडीका अध्यक्ष वाङ चुवाङफुले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युचीय सवारी साधनले विस्थापित गर्नुलाई क्रान्ति मान्दै आएको जनाएका छन् । यस क्रान्तिलाई थप अगाडि बढाउन बीवाइडीले काम गरिरहेको जनाउँदै अध्यक्ष वाङ चुवाङफुले आगामी समयमा नयाँ मोडलका कारहरुको विकास गर्दै जाने बताएका छन् ।

हालसम्म बस्वाइडीले डाइनास्टी, ओसन, डेन्जा र वाङफेङ ब्रान्डनामबाट विद्युतीय कारहरुको उत्पादन गर्दै आएको छ । फ्याङ चेङ बावो नयाँ मोडल भएता पनि यस मोडलले आगामी समयमा विद्युतीय कारहरुको आयाम बढाउने आकलन गरिएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।