साताभर सेयर बजार परिसूचक १९ अंकले बढ्यो


नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक यो साताभर १९.०६ अंकले वढेको छ । यो साताको पहिलो दिन आइतबार सुधारको गतिमा देखिएको नेप्से परिसूचक समान्य अंकले घटेको थियो । तर, त्यसपछिका तिन निरन्तर सुधारको गतीमा रहेको नेप्से ११३१.९२ अंकमा पुगेर बन्द भएको हो ।
यो साताको पहिलो दिन आइतबार कारोबार सुरु हुदाँ १११२.७९ अंकमा रहेको नेप्से अन्ति दिन बिहीबार कारोबार बन्द हुदाँसम्म १९.०६ अंकले वढेर ११३१.९२ अंकमा पुगेका बन्द भएको हो । निरन्रत घट्दो क्रममा रहेको सेयर बजार यो साता भने केही सुधारको गतीमा देखियो । बैंकिङ प्रणालीको ब्याजदर घट्ने क्रम सुरु भएसंगै सेयर बजार सकारात्मक भएको हो ।
धितोपत्र बजारमा यो साता शेयर कारोवार मापक नेप्से परिसूचकसंगै कारोबार रकममा पनि सुधार आएको छ । साताभर कूल १७२ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल ४५ लाख ६७ हजार ८५९ कित्ता शेयर रु एक अर्ब २७ करोड २४ लाख २९ हजार ५३७ मूल्य बराबरको कारोवार भयो । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक स्थिर देखियो ।
नेप्से स्थिर रहँदा कारोवार रकम पनि सस्तैमा समेटियो । कूल १६१ कम्पनीको छ लाख ७५ हजार ३८ कित्ता शेयर रु २० करोड ६३ लाख १४ हजार ३२३ मा कारोवार भए । सोमबार नेप्से परिसूचक सामान्य अङ्कले घट्यो । कूल १६४ कम्पनीका आठ लाख २६ हजार ३६८ कित्ता शेयर रु २३ करोड २२ लाख ५९ हजार ३३१ मा खरिद बिक्री भए ।
मङ्गलबार नेप्से परिसूचक ३।७५ अङ्कले वृद्धि भई एक हजार ११५।७४ पुग्यो । कूल १७२ कम्पनीका १० लाख १० हजार ९९१ कित्ता शेयर रु २६ करोड ६८ लाख एक हजार ५५८ मा खरिदबिक्री भए । बुधबार नेप्से परिसूचक ८।७३ अङ्कले बढेर एक हजार १२४।४७ मा पुग्यो । कूल १६९ कम्पनीका नौ लाख ९० हजार २७४ कित्ता शेयर रु ३० करोड ८२ लाख १४ हजार ४६५ मा खरिदबिक्री भए ।
साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झण्डै साढे सात अङ्कले वृद्धि भयो । त्यसदिन नेप्से ७।४५ अङ्कले बढेर एक हजार १३१।९२ मा पुग्यो । परिसूचक बढेसँगै कारोवार रकममा पनि वृद्धि भए । कूल १६८ कम्पनीका १० लाख ९५ हजार १८८ कित्ता शेयर रु ३५ करोड ८८ लाख ३९ हजार ८६० मा खरिदबिक्री भए ।
साताभर नेप्सेमा विभिन्न छ कम्पनीका शेयर सूचीकृत भए । त्यसमा मुक्तिनाथ विकास बैंक, माछापुच्छ्रे बैंक, नागरिक लगानी कोष, एनएमबी ५०, माछापुच्छ्रे बैंकको ऋणपत्र र एनआइसी एशिया बैंकको ऋणपत्र सूचीकृत भए ।