खुकुरी रम उत्पादक नेपाल डिस्टीलरीको वार्षिक आम्दानी झण्डै २ अर्ब

0
Shares

प्रख्यात मदिरा ब्रान्ड ‘खुकुरी रम’ उत्पादक कम्पनी नेपाल डिस्टीलरी प्रालिले सन् २०२२ मा १ अर्ब ९० करोड ४० लाख सञ्चालन आम्दानी गरेको छ ।

सन् २०२१ मा १ अर्ब ५५ करोड ६० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको सञ्चालन आम्दानी सन् २०२२ मा २२ प्रतिशतले बढेको हो।

सन् १९६१ मा स्थापना भएको कम्पनीले खुकुरी रम, खुकुरी स्पेशल, जोन बूल, नेपोलिवोन, गाउँले, वल्ड रिजर्भ ह्वीस्की ब्रान्ड नामबाट आफ्नो उत्पादन गर्दै आएको छ । कम्पनीमा शरद तिम्बारेवाला र वसन्त चौधरीको क्रमश ८० प्रतिशत र २० प्रतिशत हिस्सा रहेको छ ।

कम्पनीले ६० करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ३० करोड बराबरको दीर्घकालीन कर्जाका लागि ‘ए माइन्स’ र ३० करोड बराबरको अल्पकालीन कर्जाका लागि ‘ए२ प्लस’ रेटिङ गरेको छ ।

रेटिङका लागि आवश्यक पर्ने जानकारी कम्पनीले उपलब्ध नगराएका कारण एजेन्सीले कम्पनीलाई ‘इस्सुअर नट कोअपरेटिङ’को सूचीमा राख्दै रेटिङ वीथड्रल गर्ने चेतावनी दिएको छ ।

सन् २०२२ सम्मको कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल ऋणको २२.४ प्रतिशत रहेको छ ।

नेपालमा खुकुरी रमको बजारीकरण आक्रामक रहँदै आएको छ । नेपालीहरुको रोजाइमा खुकुरी रम पर्ने गरेको छ । जसकारण कम्पनीको वित्तीय छवि बलियो रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।