चौतारी र सूर्योदय लघुवित्तको शेयर मूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्जले आइतबार चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ।

नेप्सेले चौतारी लघुवित्त को ७ प्रतिशत बोनस पश्चात शेयर मूल्य प्रतिकित्ता ४३३ रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ। त्यस्तै सूर्योदय लघुवित्तको ४४.४८ प्रतिशत बोनस समायोजन गरि शेयर मूल्य प्रतिकित्ता ५४८ रुपैयाँ ८७ पैसा निर्धारण गरेको छ।

चौतारीले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित १०.८९ प्रतिशत नगद लाभांश पारित गर्न आगामी पुस ९ गते साधारण सभा बोलाएको छ।

सूर्योदय लघुवित्तले ४४.४८ प्रतिशत बोनस प्रस्ताव पारित गर्न पुस ५ गते साधारण सभा डाकेको छ। आइतबार समायोजित मूल्यलाई आधार मानेर दुबै लघुवित्तको शेयर कारोबार सुचारु हुनेछ।