सबैको लघुवित्तको लाभांश पारित, पूँजी बढाउन शतप्रतिशत हकप्रद

0
Shares

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको तेश्रो बार्षिक साधारण सभाले गत आर्थिक बर्षको प्रस्तावित लाभांश पारित गरेको छ ।

संस्थाको मंसिर २१ गते सम्पन्न साधारण सभाले हाल कायम चुक्ता पूँजी १६ करोड ५० लाखको १३ प्रतिशत अर्थात् २ करोड १४ लाख ५० हजार बराबरको बोनश शेयर वितरण गर्नेछ ।

बोनश वितरण गरे पश्चात् संस्थाको चुक्ता पूँजी १८ करोड ६४ लाख ५० हजार पुगेको छ । सभाले बोनश शेयर जारी पश्चातको कायम पूँजीको १०० प्रतिशत अर्थात् १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने समेत निर्णय गरेको छ ।

साथै उक्त सभामा सर्वसाधारण समुहको तर्फबाट २ जना सञ्चालकहरुः श्याम प्रसाद श्रेष्ठ र गोपाल जोशी निर्विरोध निर्वाचित भएका छन् र
सभाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त अन्य “घ” वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ती गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ ।

२०७४ आषाढ ३० गतेबाट तनहुँ जिल्लाको डुम्रे शाखाबाट लघुवित्त कारोवार शुरु गरेको यस संस्थाले २७ जिल्लाहरुमा ५१ शाखा कार्यालयहरु मार्फत् ३५ हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पु¥याएको छ ।

त्यस्तै गरी संस्थाले १ अर्ब ७९ करोड कर्जा लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुबाट ५२ करोड रुपैयाँ भन्दा बढी बचत संकलन पनि गरेको कम्पनीले जनाएको छ ।