दश हजार मेगावाट विद्युत निर्यातको दोस्रो चरणको सम्झौता आगामी साता

0
Shares

भारतले नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने सम्झौताको दोस्रो चरणको सम्झौता आगामी साता हुने भएको छ ।

हाल दुवै देशका पदाधिकारीहरुले सम्झौता सम्बन्धी काम गरिरहेको र दोस्रो चरणको सम्झौताका दोस्रो साता हुने उर्जा सचिव दिनेश कुमार घिमिरेले बताए । यस सम्झौताले नेपाल र भारतबीचको उर्जा व्यापार प्रक्रियालाई थप व्यवस्थित बनाउने विश्वास गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा रहेको समयमा आगामी १० वर्षमा भारतले नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री प्रचण्डले सो सम्झौता गरेका हुन् । जून २ तारिखमा द्ुई देशले पहिलो चरणको सम्झौतामा पत्रमा हस्ताक्षर गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।