जोखिममा कारोबार गर्ने लगानीकर्ताको विवरण माग भएपछि शेयर बजार राताम्मे

0
Shares

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल कम्पनीहरुलाइ पत्राचार गर्दै धितोपत्र बजारमा देखिएका शंङकास्पद कारोबारका विवरण माग गरेको खबरहरुले लगानीकर्ता मनोबल कमजोर बन्दा आइतबारको शेयर बजार राताम्मे देखिएको छ ।

बोर्डले धितोपत्र दलाल व्यवसायीहरुसँग सम्पत्ती शुद्धिकरण निवारण सम्बन्धी भए गरेका कामको विवरण माग गरेको छ । बोर्डले यस्ता विवरणहरु आगामी एक साता भित्र अनिवार्य रुपमा बुझाउनु पर्ने भन्दै ब्रोकरहरुलाइ निर्देशन समेत दिएको हो ।

सम्पत्ती शुद्धिकरणमा कडाई गर्दै धितोपत्र बोर्ड, ब्रोकरसँग माग्यो कार्यान्वयन अवस्थाको विवरण

त्यसका साथै धितोपत्र दलाल कम्पनीले सम्पत्ती शुद्धिकरण तथा अतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी लागु गरेका नीति तथा कार्यविधिको प्रतिलिपि समेत बोर्डमा बुझाउन निर्देशन दिएको छ ।

बोर्डले लगानीकर्ताको विवरण माग गरेपछि शेयर बजारका लगानीकर्ता अन्योलतामा रहदा त्यसको प्रतिक्रिया आइतबारको बजारमा देखिएको हो ।

पछिल्ला तीन दिन लगातार बढेको बजार आइतबार कारोबार खुलेको २ घण्टाको अवधिसम्म ५ अंक बढीले आरोलो लागेको छ भने दश करोड बरारबको शेयर कनिबेच भएको छ । कारोबारमा आएका व्यापार र म्यूचुल फण्ड बाहेक सबै सूचक ओरालो लागेका छन् ।

नेपाल धितोपत्र बोर्डले सम्पत्ती शुद्धिकरण निर्देशीका २०७६ लाइ गत साउन देखि लागु गरेको छ । जसमा बजारको जोखिमलाई उच्च, मध्यम, न्यून वर्गमा वर्गीकरण गरी समिक्षाको आधारमा थप वर्गीकरण गर्न सक्ने व्यवस्था समेत रहेको छ ।

जोखिम मूल्याङ्कन गर्दा उच्च जोखिम देखिएका ग्राहकको हकमा बृहत ग्राहक पहिचानको उपाय अवलम्बन गर्नुपर्ने तथा जोखिमको आधारमा कारोबार गरिरहेका तथा गर्ने ग्राहकको पहिचान सम्बन्धी सूचना तथा विवरण राख्ने व्यवस्था लागू गर्नु पर्ने निर्देशीकाको व्यवस्था अनुसार बोर्डले विवरण माग गरेको हो ।