प्रभु बैंक लिमिटेड र नाथन एशोसिएट्स लण्डनबीच इएसजी कार्यक्रममा सहकार्य गर्ने सम्झौता


प्रभु बैंक लिमिटेडले नाथन एशोसिएट्स लण्डन लिमिटेडले कार्यान्वायन गर्ने इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) सँग इन्भाइरोमेण्टल सोसियल एण्ड गभर्नेन्स (इएसजी) एण्ड इन्भेष्टमेण्ट रिडिनेशमा सहकार्य गर्ने भएको छ ।

बैंकले नाथन एशोसिएट्स लण्डन लिमिटेडसँग यस सम्बन्धमा सम्झौता गरेको विज्ञप्तिमा उल्लेख छ ।

ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेण्ट (बिआईआई), डच इन्टरप्रेनरल डेभलपमेण्ट बैंक (एफएमओ) र स्वीस एजेन्सी फर डेभलपमेण्ट एण्ड कोअपरेशन (एसडिसी) ले संयुक्त रुपमा स्थापना गरेको नाथन एशोसिएट्स लण्डन लिमिटेडले प्रभु बैंकसँगको सहकार्यमा उक्त कार्यक्रम गर्न लागेको हो ।

नाथन एशोसिएट्स लण्डन लिमिटेडका उप सभापति बुद्धिका सामारासिङ्घेको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र आईआईएनका तर्फबाट नाथन एशोसिएट्स लण्डनका नेपाल प्रतिनिधि बिबेक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात प्रभु बैंक लिमिटेड र आईआईएनको संयुक्त सहकार्यमा नेपाल लगायत विश्वभर इन्भाइरोमेण्टल सोसियल एण्ड गभर्नेन्स (इएसजी) को बढ्दो महत्वलाई अझ विस्तृत रुपमा स्पष्ट पार्ने विश्वास बैंकले लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।