दोल्ती पावर कम्पनी ५ करोड नोक्सानीबाट पौने ५१ लाख नाफामा उक्लियो

0
Shares

दोल्ती पावर कम्पनी नोक्सानीबाट नाफामा पुगेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा ५ करोड ७३ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनी चालु आवको तेस्रो त्रैमाससम्ममा ५० लाख ८३ हजार रुपैयाँ नाफा कमाउन सफल भएको हो ।

दोल्ती पावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत बिक्रीबाट ८ करोड ३७ लाख ४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिसम्ममा ६ करोड ५५ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको विद्युत बिक्रीबाट आम्दानी २७.७३ प्रतिशत १ करोड ८१ लाख ७१ हजार रुपैयाँले बढेको हो । विद्युत बिक्री आय वृद्धिसँगै कम्पनीको समग्र वित्तीय अवस्था पनि सुधारिएको छ ।

गत आवको यसै अवधिमा ६० लाख ६८ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीको सञ्चालन नाफा तेस्रो त्रैमासमा बढाएर २ करोड ७७ लाख ४० हजार रुपैयाँ पुर्याएको छ । यद्यपी वित्तीय खर्च ३ करोड ६१ लाख ८९ हजार रुपैयाँ गरेपछि कम्पनी ८४ लाख ४९ हजार नोक्सानीमा पुगेको हो ।

चुक्ता पुँजी ३७ करोड ५५ लाख ४० हजार २०० रुपैयाँ छ रहेको कम्पनीको जगेडा कोष ४ करोड ९४ लाख ५९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी १ रुपैयाँ ८० पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ ५६ पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २७८ रुपैयाँ ७८ पैसा रहेको छ ।

दोल्ती पावरको १२ लाख ७१ हजार ८६१ कित्ता साधारण सेयर २०७९ चैत २८ देखि २०८० बैशाख ३ गतेसम्म निष्कासन गरी बैशाख ८ गते गते बाँडफाँड भएको थियो । कम्पनीको सेयर रीतपूर्वक आवेदन दिनेमध्ये १ लाख २७ हजार १८६ जनालाई गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कम्पनीको १ लाख ७ हजार २९८ कित्ता, सामुहिक लगानी कोष र कर्मचारीहरुका लागि ४८ हजार ४७९ कित्ता बाँडफाँड गरेको थियो ।

कम्पनीले दैलेख जिल्लाका स्थानीय बासिन्दाका लागि ५ लाख ३६ हजार ४८६ कित्ता सेयर जारी गरेकोमा रीतपुर्वक आवेदन दिन १ लाख ८१ हजार ८२० कित्ता सेयर बाँडफाँड गरिएको थियो । स्थानीय बासिन्दा, कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाइएको अवितरित सेयर सर्वसाधारणमा थप गरी कुल १६ लाख ९ हजार ४५८ कित्ता सेयर बाँडफाँड गरिएको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।