बङ्लादेशको ध्वाजाबाहक एयरलाइन्सले १० एयरबस खरिद गर्ने

0
Shares

बङ्लादेशको ध्वाजावाहक एयरलाइन्स– बिमान बङ्लादेश एयरलाइन्सले १० वटा एयरबस खरिद गर्ने भएको छ ।

बिमान बङ्लादेश एयरलाइन्सले उडानका लागि बोइङको प्रयोग गर्दै आएको थियो । उडान क्षेत्रमा बोइङ जहाजको बर्चस्व तोड्दै बङ्लादेशले एयरबस खरिद गर्ने भएको हो ।

आफूहरुको आवश्यकता अनुसार विमान बङ्लादेश एयरलाइन्सले १० वटा एयरबस खरिद गर्न लागेको जानकारी दिँदै नागरिक उड्ययन मन्त्री महबुब अलिले हाल प्राविधिक समितिले एयरबस खरिद सम्बन्धी अध्ययन गरिरहेको बताएका छन् ।

विमान बङ्लादेश एयरलाइन्सले एयरबस ए३५० मोडलका एयरबस खरिद गर्ने सम्बन्धी टिप्पणी बाहिर आएपछि उड्ययन मन्त्री अलिले मिडियालाई जानकारी गराएका हुन् । उनले सबै देशहरुमा बोइङ र एयरबस गरी दुई मोडलका जहाजहरुले उडान भर्ने गरेको तथ्य केलाउँदै बङ्लदेशसँग बोइङ मात्रै रहेको र एयरबस खरिद गर्नुपर्ने आवश्यकता परेको बताएका छन् ।

५१ वर्ष पुरानो विमान बङ्लादेश एयरलाइन्सले २० बोइङ मार्फत उडान भरिरहेको छ । जसअन्तर्गत १० बाइडबडी जहाज र १० न्यारोबडी जहाज रहेका छन् ।

कोभिड पछिको समयमा बङ्लादेशले बेलायत, मलेसिया, थाइल्यान्ड, क्यान्डा लगायतका देशहरुमा नियमित उडान भरिरहेको छ । उडानका नयाँ गन्तव्य थपिँदै जाँदा थप जहाजको आवश्यकता परेपछि कम्पनीले एयरबस खरिद गर्ने भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।