कर फर्छ्यौट आयोग अध्यक्ष तथा सदस्यलाई ९ वर्ष कैद, ४ अर्ब १० करोड जरिवाना 


विशेष अदालतले कर फर्छ्यौट आयोग अध्यक्ष तथा सदस्यहरूलाई सजाय तथा जरिवाना निर्धारण गरेको छ । अदालतले मंगलबार फैसला गर्दै अध्यक्षलाई ९ वर्ष एक महिना जेल सजाय तोकेको हो ।

त्यसैगरी अदालतले सदस्यहरूलाई भने ९ वर्ष कैद सजाय निर्धारण गरेको छ । त्यसैगरी अदालतले प्रति व्यक्ति बिगो र जरिवाना गरेर हरेकको भागमा ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ तिर्नुपर्छ ।

अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना, सदस्य उमेश ढकाल र सदस्य सचिव आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मालाई ९ वर्ष कैद सजाय हुनेछ । विशेष अदालतले यसअघि नै उनीहरूमाथि ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४७ रुपैयाँ कुल बिगो कायम गरेको थियो ।

दामासाहीले भाग लगाउँदा हरेकले २ अर्ब ५ करोड ४६ लाख ९८ हजार ९४९ रुपैयाँ बिगो तिर्नु पर्ने छ । राजस्व चुहावटको मुद्दामा बिगोको दोब्बर सजाय हुने भएकाले उनीहरूले जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।