नेउवा महासंघ उद्योग समितिको उप–सभापतिमा नानीराज घिमिरे मनोनित

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको उद्योग समितिको उप-सभापतिमा नानीराज घिमिरेलाई मनोनित गरेका छन् ।

उद्योग समिति महासंघको कार्यकारिणी समिति सदस्य राजेश कुमार अग्रवालको सभापतित्वमा गठन गरिएको थियो ।  उद्योग समितिलाई पूर्णता दिनका लागि गरिएको एक कार्यक्रममा अध्यक्ष चन्द्र प्रसाद ढकालले मनोनयनपत्र हस्तान्तरण गर्दै मनोनित हुने व्यक्तित्वहरुले महासंघलाई सशक्त रुपमा अगाडि बढाउनका लागि तथा महासंघमा महत्वपूर्ण योगदान पुर्‍याउने कुरामा महासंघ विश्वस्त रहेको पनि बताए ।

उप-सभापतिमा मनोनित घिमिरे ‘फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका अध्यक्ष समेत हुन् । उद्योगी तथा व्यवसायी घिमिरेले जन्मस्थल हेटौंडाबाट २०४४ सालदेखि जुत्ता चप्पलको खुद्रा व्यापारबाट व्यवसाय सुरु गरेका थिए । विसं २०४९ सालदेखि काठमाडौंस्थित न्यूरोडमा आफ्नो व्यापारलाई विस्तार गरी होलसेल पसल खोलेको उनले हाल आफ्नै ‘शुभकामना फुटवेयर प्रोडक्ट नेपाल’ कम्पनी स्थापना गरी ‘फस्ट वाक’ ब्रान्डमा महिला पुरुष दुबैले लगाउने जुत्ता चप्पल र स्पोट्र्स सुज उत्पादन गर्दै आएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।